अटेर गरेपछि प्रहरी प्रधान कार्यालयमै घुस्यो अख्तियार, लियो दुई वर्षका सम्पूर्ण कागजात


 



काठमाडौं, असोज ६
अख्तियार दुरुपयोग आयोगको टोलीले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला दुई वर्षका सम्पूर्ण कागजात नियन्त्तणमा लिएको छ ।

आयोगको विशेष टोलीले लत्ताकपडा, सवारी साधनलगायतको खरिदमा घोटाला भएको आशंकामा प्रहरी प्रधान कार्यालयबाट कागजात लिएको हो । कान्तिपुरमा खबर छ ।

नेपाल प्रहरीको मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा, र प्रबन्ध शाखाबाट विभिन्न पोशाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका कागजात लिइएको छ ।

अख्तियारले सुरुमा पत्र काटेरै कागजात मागेपनि प्रहरी प्रधान कार्यालयले अटेर गरेपनि आफै गएर कागजात नियन्त्रणमा लिनुपरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्