राजधानीमा बढ्यो सुरक्षा सतर्कता, जडान गरियो १६ सय सीसी क्यामरा


 



काठमाडौं, असोज ६
नेपाल प्रहरीले केन्द्रिय राजधानी काठमाडौंमा सुरक्षा सतर्कता अपनाएको छ । उपत्यका भित्र हुने अपराधिक गतिविधि रोक्न सुरक्षा सतर्कता अपनाएको हो । नेपाल समाचारपत्रमा खबर छ।

एक वर्षको अवधिमा प्रहरीले उपत्यका ११ सय बढी सीसी क्यामरा जडान गरेको छ । यसंगै अब उपत्यकामा सीसी क्यामराको संख्या १६ सय पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय तहको सहकार्यमा यो अभियानलाई अगाडि बढाएको छ । मुख्य चोकहरुमा सीसी क्यामरा जडान गरिएको छन् । प्रहरीले चोकसंगै गल्लीहरुमा पनि सीसी क्यामरा जडान गर्ने काम सुरु गरेको छ ।

यसका लागि समुदायले पनि सहयोग गरिरहेका छन् । प्रहरीले उपत्यकामा २० हजार सीसी क्यामरा आवश्यक भएको र त्यसका लागि सरकारसंग आग्रहपनि गरिसकेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्