बन्द भयो नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल, डेढ लाख पर्यटक अलपत्र




काठमाडौं, असोज ७
नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल बन्द भएको छ । बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी टमस कुक बन्द भएको हो । अन्नपूर्णमा खबर छ ।

ट्राभल बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक अलपत्र परेका छन् । उक्त ट्राभलले नेपालमा पहिलो पटक रसियाली बोरिस लिसानेभिचलाई पर्यटक भिसामा नेपाल ल्याउको थियो ।

तत्कालिन राजा महेन्द्रले सन १९५५ मा थोमस कुकमार्फत नेपाल बोलाएका थिए । बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ ।

उनले काठमाडौंमा खोलेको होटल रोयल अन्तर्राट्रियस्तरको पहिलो होटल हो । टमस कुकले कलकत्ताबाट नेपाल पठाएको पर्यटकको समूहमा २० जना रहेको त्यसमा पनि अधिकांश महिला रहेको उल्लेख छ ।

१७८ वर्ष पूरानो कम्पनीले अन्तिम समयमा पनि बेलायत सरकारसंग जोगाउन आर्थिक सहायता मागेको बाइएको छ । विदेशमा अलपत्र परेका बेलायती पर्यटकलाई सिएएले ४० हवाईजहाज चार्टर गरेको बाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News