प्रेमको नाटक गरेर दिदी बहिनीलाई बन्धक बनाउँदै अश्लील भिडियो


 



काठमाडौं, असोज ७
प्रेमको नाटक गरेर युवतीलाई बन्धक बनाउँदै अश्लील भिडियो बनाएको आरोपमा रसुवाका एक व्यक्ति पक्राउ परेका छन् ।

काभ्रेकी एक युवतीलाई प्रेम गरेको नाटक गर्दै अश्लील भिडियो बनाउने र ब्लाक मेलिङ गरेर युवतीको बहिनीलाई पनि यौन शोषण गर्ने सरुवाका किशोर गोले पक्राउ परेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

उनले दिदी बहिनीको हरेक यौन सम्पर्कको भिडियो बनाएर धम्क्याउने गरेका थिए । गोलेका दुई श्रीमती छन् । उनले अन्य युवतीलाई पनि शोषण गरेको र विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्