अपराधिक क्रियाकलाप रोक्न सीमकार्डमा नयाँ व्यवस्था, बैंकमा जस्तै ‘नो योर कस्टोमर’


 



काठमाडौं, असोज ८
नेपाल दुरसञ्चार प्राधिकरणले सीमकार्ड वितरण र अपराधिक गतिविधि रोक्न मोबाइलको सीमकार्ड नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

प्राधिकरणले बैंकमा जस्तै, ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको हो । कारोबारमा खबर छ ।

सीमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिएर व्यवस्थित गरिने भएको छ । जसुले गर्दा कुनै अपराधिक गतिविधि रोक्न यसले मद्दत गर्ने छ ।

यसका लागि प्राधिकरणले नयाँ कार्यविधि बनाइरहेको छ । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्