आईजीपी खनालको कार्यशैलीप्रति सरकार असन्तुष्ट, अमेरिका भ्रमण नै रोकियो


 



काठमाडौं, असोज ९
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालप्रति असन्तुष्ट देखिएको छ । सरकारले विना कारण आइजीपी खनालको अमेरिका भ्रमण पनि रोकिदिएको छ । नयाँ पत्रिकामा खबर छ ।

हरेक वर्ष २६ देखि २९ अक्टोम्बरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदै आएको छ । नेपालले पनि प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको थियो ।

तर, यस वर्ष आईजीपी खनालप्रति असन्तुष्ट रहेको सरकारले विना कुनै कारण भ्रमण रोकेपछि गृहमन्त्रालयका अधिकारीहरु पनि आश्चर्यमा परेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्