निजी मेडिकल कलेजका सञ्चालकद्वारा सरकारलाई धम्की, मन्त्री नै हटाइदिने चेतावनी


 



काठमाडौं, असोज १०
निजी मेडिकल कलेजका सञ्चालकहरु सरकारविरुद्ध उत्रेका छन् । उनीहरुले सरकारलाई ठाडै धम्की दिन सुरु गरेका छन् ।

मेडिकल कलेज सञ्चालकहरुले विहीबार रिपोर्टर क्लवमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुले भनेअनुसार नभए मन्त्रीलाई नै हटाइदिने चेतावनीसमेत दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

अहिले सरकारले तोके भन्दा ७ लाख रुपैयाँ बढी रुपैयाँ लिन पाउनुपर्ने माग उनीहरुको छ ।
निजी कलेजहरुको सचिवसमेत रहेका नोवेल मेडिकलेजका सुनिल शर्माले लिएको शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षा तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई नै मन्त्रीबाट हटाइदिने चेतावनी दिए ।

उनले अहिलेसम्म आफूहरुले विश्वविद्यालयका डिनकै सल्लाहमा विल काटेर शुल्क लिएको दाबीसमेत गरे ।

सरकारले ४२ लाख रुपैयाँ तोकेपनि आफूहरुले डिनकै सल्लाहमा ४९ लाख रुपैयाँ लिएको ९० हजार रुपैयाँ लिएको बताए । उनीहरुले सरकारले तोकेको शुल्का आफूहरु बढाउन नसक्ने भएकाले सरकाराई आफै पढाएर देखाउन चुनौति पनि दिएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्