आईजीपी खनाललाई बर्खास्त गर्ने तयारी


 



काठमाडौं, असोज १०
सरकारले प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई बर्खास्त गर्ने तयारी गरेको छ । विभिन्न भ्रष्टाचारमा मुछिएपछि सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो ।अख्तियार दुरुपयोग आयोगले प्रहरी प्रधान कार्यालयमै छापा मारेर आईजीपी खनालमाथि करोडौं घोटाला गरेको आरोपमा तीनवटा भ्रष्टाचार प्रकरणमा अनुसनधान अगाडि बढाएको छ ।

यस विषयमा प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापाबीच छलफलसमेत भइसकेकोको उच्च स्रोतले बताएको छ । उनलाई चिनिया राष्ट्रपतिको भ्रमण अगाडि वा पछाडि गर्ने भन्नेमा सरकारले निर्णय लिइसकेको छैन । आफ्नो पद जोगाउन सकेनन् भने आईजी खनाल चिनिया राष्ट्रपतिको भ्रमण अगाडि वा पछाडि बर्खास्त हुनेछन् ।

सरकारले आईजीपी खनालमाथि विश्वास गर्नसमेत छोडिसकेको छ । भर्खरै मात्र सरकारले आईजीपीलाई थाहै नदिई तीन जना आईजीपीको सरुवा गरिसकेको छ । अन्य विषयमा पनि आईजीपीसंग सरकारले कुनै सम्पर्क बढाएको छैन । उनी अहिले सेरेमुनियलकै रुपमा रहेका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्