‘सिपाहीको डायरी’ उपन्यास विमोचित



काठमाडौँ, ११ असोज 

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।

लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गरे । पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन गरिदिएको बताउँदै उपन्यासमा साहस, ज्ञान र अनुभव सङ्कलित भएको जनाए । उनले सो पुस्तक हरेक सिपाहीले पढ्नुपर्ने जनाए ।

विसं २०६१ साउन २३ गते कालीकोटको पिलीमा भएको दोहोरो भिडन्तमा मारिएको भनेर किरियासमेत गरिएका लेखक (म पात्र) अपहरणमा परेर बचेको रोचक सन्दर्भ पनि पुस्तकमा छ । सेनाको आठ वर्षे सेवापछि शान्तिवार्तापछि लेखक कटुवालले राजीनामा दिई अध्ययन र योग क्षेत्रमा प्रवेश रोजेका थिए ।

उनी हाल योग र महिला सशक्तिकरणमा विद्यावारिधि गर्दै छन । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय संस्कृति विभागका सहप्राध्यापक रोहिणीराज तिमल्सिना र पत्रकार आश्विनी कोइरलाले पुस्तकको समीक्षा गर्दै यसमा मान, अभिमान, सान र मनोविज्ञान समेटिएको जनाए । प्रकाशक ‘बुलबुल’ प्रकाशनका प्रमुख अच्युत घिमिरेले प्रकाशनको ५१औँ कृतिका रुपमा फरक विषयमा अनुभवमा आधारित उपन्यास प्रकाशन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News