माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, असोज २७
माछापुच्छ्रे बैंक लिमिटेडको २१ औँं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्ता पूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रति शेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाखभन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News