शेरधनले पाए प्रदेश नं १ काे सह- संयाेजककाे जिम्मेवारी


 


Sherdhan Raiकाठमाडाैं, भदाै ७

नेकपा (एमाले) ले सातै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा जारी स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हाे।

प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्यलाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकको जिम्मेवारी वैकल्पिक पोलिट्व्युरो सदस्य शेरधन राईले पाएका छन् । प्रदेश नम्वर दुईको संयोजक स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल बनेका छन् भने सहसंयोजक नागेन्द्र चौधरी रहेका छन् ।

त्यसैगरी प्रदेश नम्वर तीनको संयोजकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सहसंयोजकमा काशीनाथ अधिकारी रहेका छन् । प्रदेश नम्वर चारको संयोजकमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सहसंयोजकमा गणेश तिम्सिना रहेका छन् ।

पाँच नम्बरको संयोजकमा उपमहासचिव विष्णु पौडेल र सहसंयोजकमा केन्द्रीय सदस्य दलबहादुर राना रहेका छन् । प्रदेश नम्वर ६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा पोलिट्व्यूरो सदस्य यामलाल कडेलले जिम्मा पाएका छन् । प्रदेश नम्वर ७ को संयोजक उपाध्यक्ष भीम रावल र सहसंयोजक वैकल्पिक पोलिट्व्युरो सदस्य कर्ण थापा रहेका छन् ।

काे हुन् शेरधन राई

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्