माछापुच्छ्रे बैंकले ल्यायो अष्ट्रेलियन डलर, यी हुन् डलर साट्ने सुविधा भएका शाखा


 


काठमाडौं, मंसिर ५
माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझसहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर (AUD) खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहज रुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।

सोही समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर (AUD) साट्न पाउने सुविधा ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर (AUD) उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

माछापुच्छ्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुमा अत्याधुनिक प्रविधि सहित बैंकिङ्ग सुबिधा प्रदान गरिहेको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्