शिक्षक अभावमा लाखौं मूल्यका कम्प्युटर प्रयोगविहीन


 



महोत्तरी, मंसिर २१
महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यामिक विद्यालयका लाखौं मूल्यका कम्प्युटर प्रयोगविहीन बनेका छन् ।

शिक्षक अभावमा विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर प्रयोगविहीन भएका हुन् । कम्प्युटर सिक्द विद्यार्थी लालायित भएपनि शिक्षक अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।

विगतमा विद्यालयले आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाईबाट प्राप्त २२ थान कम्युटर अहिले थन्किएका छन् । प्रयोगमा नआएपछि सबैजसो कम्प्युटर अब कबाड बन्ने डर बढेको विद्यालयका प्रधानाध्यापक श्रीमाराम यादवले चिन्ता व्यक्त गरे ।

विद्यालयका पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेका कारण अहिलको स्थिति सृजना भएको स्थानीय बताउँछन् ।

शिशु (बाल) कक्षादेखि कक्षा २२ सम्म अध्ययन/अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयले चासो नदिदा कम्प्युटर थन्किएको विद्यालयका प्रधानाध्यापक यादवले बताए । विद्यालयमा अहिले तीन सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका कक्षा ८ माथिका विद्यार्थीहरुले दैनिकजस्तो कम्पूटर शिक्षाबारे चासो राख्ने गरेको नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्