गाेरेबहादुर खपाङ्गीकाे निधन


 


gore-bahadur-khapangiकाठमाडाैं, भदाै १२

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । जनजाति अगुवा समेत रहेका खपाङ्गीको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरि निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबर पुन अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा खपाङ्गीको १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भवेश भूमारीले जनाए । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।

नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।

प्रकाशित मिति: १२ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्