मलेसिया जाने कामदारसँग लागत शुल्क लिने लाइफ इन्टरनेशनल म्यानपावरमा विभागको छापा



काठमाडौँ — वैदेशिक रोजगार विभागले कामदारसँग रकम असुलिरहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसर्म्पक अधिकृत दानबहादुर सोमैलाई पक्राउ गरेको छ ।

लाइफले मलेसियाको अविवा प्लास्टिक उद्योगमा जाने कामदारसँग रकम उठाइरहेको अवस्थामा विभागले सोमैलाई पक्राउ परेको हो । उनले गुल्मी रेसुंगाका अनिल विक, सन्दीप विक र दीपक बहादुर सुनार र बराह–सुनसरीका सन्तोष विष्टसँग ४ लाख ५० रुपैयाँ लिइरहेको अवस्थामा विभागको टोलीले फेला परेको थियो ।

कामदारले एकलाख भित्रै पठाउन निकै अनुनय विनय गरेका थिए । ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो । १ लाख ३५ हजार भन्दा एक पैसा कम हुन्न’ भन्दै उनले पैसा लिइरहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । मलेसिया जाने कामदारले म्यानपावरलाई लागत शुल्क बुझाउनु पर्दैन ।

उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिइसकेका छन् । ‘श्रम स्वीकृति निकाल्ने म्यानपावर वीन रिक्रुटमेन्ट हो । पैसा उठाउने काम लाइफ इन्टरनेशनलबाट भयो,’ भुसालले भने,‘दुवै म्यानपावर कारबाहीको भागिदार हुनेछन् ।’कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News