विभाजनको सँघारमा मधेसी मोर्चा



काठमाडाैं, भदाै २०
संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो ।

मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका छन् ।

संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको सँयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेको श्रोतले बताएको छ ।

सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरेका छन् । तराईमधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News