भेटिन थाले द्धन्द्धमा लुटिएका हतियार


 


Jumla-hatiyarकाठमाडौं, भदाै २०

जुम्लामा द्वन्द्वकालमा लुटिएका आधुनिक हतियार फेला परेका छन् । एसएमजी र एसएलआरजस्ता आधुनिक हतियार फेला परेका हुन् ।
जिल्लाको सनिगाउँ–४, जलजला लेकको ओढारमा हरियोि प्लास्टिक र कपडाले बेरेको बेवारिसे अवस्थामा एसएलआर फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार उक्त हतियार फेला परेको हो । जुम्लाका प्रहरी प्रमुख डिएसपी बिष्णुहरि कोइरालका अनुसार जुम्लाका बिभिन्न स्थानमा लुटपाटमा संलग्न एक समूह प्रहरी नियन्त्रणमा आएपछि लुकाएका र उनीहरुको नियन्त्रणमा रहेका हतियार फेला पर्न थालेका हुन् ।

डिएसपी कोइरालाका अनुसार ओढारबाट एसएलआर राइफल १ र धापा–६ घोडेङ्गाको स्याउ बगैचारबाट उक्त राइफलमा लाग्ने २५ राउण्ड गोली, १ थान म्यागजिन र एसएलआरको चालुवाला पुर्जाहरु फेला परेको हो ।यसअ घि भदौं १५ मा अंचल प्रहरी कार्यालय कर्णालीबाट खटिएको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो ।

मुगुको जिमा–३ का २५ बर्षीय गोबिन्द टमाटा, कोड–८ का ३१ बर्षीय दलबहादुर कार्की, जुम्लाको मालिकाठाडा–४ का ३२ बर्षीय मनहादुर बोहोरा, गज्यङकोट– २ गज्यांकोटगाउँका ३० वर्षीय धिरवहादुर परियार, धापा– ६ का ३३ बर्षीय अशोक तिरुवा र मालिकाठाटा– ४ का ३२ वर्षीय मुनवहादुर रोकाया रहेका छन् ।

उनीहरुले दिएको बयानअनुसार जलजला लेकको ओडारमा र धापा–६ घोडेङ्गाको स्याउ बगैचाबाट हतियार फेला परेको हो ।
भदौ १५ गते एसएमजी एक थान, लाईभ सात राउण्ड गोली, एक थान चाईनीज पेस्तोल सहित लाईभ तीन राउण्ड गोली सहित नगद ७२ हजार ७ सय ८६ रुपैया समेत बरामद भएको थियो ।

यो लुटेरा समूहले जुम्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र छ लाख रुपैयाँ लुटेको थियो । उक्त लुटपाटमा संलग्न केहीलाई पक्रेर डाँका मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले यही भदौं १ देखि जुम्लामा संयुक्त अप्रेशन चलाएको छ । बुढा र ऐडीको घर लुटपाटपछि संयुक्त अप्रेसन चलाएको हो ।

नेपाली सेनाले बरामद भएका हतियार द्वन्द्वकालमा सेना, प्रहरी र सशस्त्रबाट लुटिएको हुनसक्ने जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले भने, ‘फेला परेका हतियार द्वन्द्वकालमा सुरक्षाकर्मीबाट लुटिएको जस्तो देखिएको छ, यकिन गर्न अनुसन्धान भइरहेको छ ।’

केही सैनिक अधिकारीले भने माओवादी जनयुद्धताका माओवादीले लुटेका र लुकाएर राखेका हतियार पछिल्लो समय लुटेरा समूहले प्रयोग गर्दै आएको बताएका छन् । यसैबीच बाँकेको नेपालगञ्जमा पनि हतियार फेला परेका छन् ।

नेपालगंज उपमहानगरपालिका–२२ नदई गाँउको कृपाराम कलवारको खुद्रा पसलबाट प्रहरीले केवाईएनओसिएच३१८ लेखिएको गोली ७ वटा, केवाईएनओसिएच४०५ लेखिएको गोली ६ राउण्ड र वाइएनओसिएचएएक्सआइआइइ३१८ लोखएिको गोली १ राउण्ड बरामद भएको छ ।

प्रहरीका अनुसार बरामद गोलीमध्ये ९ राउण्ड मिस फायर (बेसाबुत) भएका छन् । कलवारको पसलको दक्षिणतर्फ काउण्टरको काठको केही भाग तोडिएको अवस्थामा रहेको र घटनाको प्रकृति हेर्दा अन्य व्यक्तिले गोली राखेको जस्तो देखिने प्रहरी प्रवक्ता डिआइजी माधवप्रसाद जोशीले बताए । कलवार प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: २० भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्