यी गुप्ता फेरी प्रकाउ



shyam-sundar-guptaकाठमाडाैं, भदाै २०

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट सोमबार पक्राउ गरेको हो । ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।

‘महिलालाई पटक-पटक धम्क्याउने र पैसा माग्ने गरेको उजुरी परेपछि हामीले गुप्तालाई पक्राउ गरेका हौं । थप अनुसन्धान भैरहेको छ,’ एसएसपी अधिकारीले भने । गुप्तालाई धम्की तथा शरीरबन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ ।

२०६८ सालमा व्यावसायी पवन संघाइलाई डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष कारागार बसेका थिए । गुप्ताले सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि अपहरण मुक्त गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News