माछापुच्छ्रे बैंकले गर्याे विदेशबाट पैसा ल्याउने सम्झौता



काठमाडौं, पुस १३
माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ । आईतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्राउने सम्बन्धि सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गर्नुभयो ।

१० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्राउनेछ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शत प्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ ।

यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रक्रिया थालेको थियो । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News