आईजी सचिवालयमा हंगामा


 


काठमाडौं, भदाै २१

प्रहरी महानिरीक्षकको सचिवालयभित्रै आईजीपीलाई झुक्याउने खेलको पर्दाफास भएको छ । सचिवालयमा रहेको उजुरी छानविन शाखाले आईजीपी उपेन्द्रकान्त अर्याललाई नै झुक्याएपछिसचिवालयमा हंगामा मच्चिएको छ ।

मानव बेचबिखनको नक्कली मुद्दा चलाई फसाउन लागेको सम्बन्धमा डिएसपी बिनोद शर्मा्विरुद्ध उजुरी परेकोमा उजुरी छानबिन शाखाले छानबिन नै नगरी उनलाई सफाई दिएको थियो । उक्त कुरा आईजीपी अर्यालले थाहा पाएपछिअहिले सचिवालयकै सिनियर प्रहरी अधिकारीहरु नै छानबिनको दायरामा तानिएका छन् ।

डिएसपी शर्मा इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखका रुपमा काम गर्दा सिन्धुपाल्चोकका गुनबहादुर थापाविरुद्ध मानव बेचबिखनको नक्कली जाहेरी दिई फसाउन खोजेको अनुसन्धानमा प्रष्ट भएको छ ।

थापा मिटर ब्याजको कारोबार गर्ने विवादास्पद व्यक्ति हुन् । कारोबार मिलाउनका लागि डिएसपी शर्मा उनीविरुद्ध मानबबेचबिखनमाउजुरी दिई फसाउन खोजिएको अहिले अनुसन्धानमा खुलेको छ ।

सचिवालयमा कार्यरतडिआईजी माधव जोशीले नै उक्त प्रकरणमा डिएसपी शर्मालाई क्लिनचिट दिएको खुलेको छ । अर्यालले डिआईजी जोशीलाई समेत उक्त प्रकरणमा हपारेका छन् । स्रोतका अनुसार उक्त विषयमा छुट्टै छानबिन अघि बढेको छ ।

पत्रकार डेकेन्द्र थापाको हत्याप्रकरणको अनुसन्धान गरेर चर्चा कमाएका डिएसपी शर्मा पटक–पटक विवादमा पर्दै आएका डिएसपी हुन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहँदा पनि एक सुपारी व्यापारीलाई पक्राउ गरी कुटेको घटनामा कारबाहीमा परेका छन् ।

सेटिङमा हुँदै आएको सुपारी तस्करीको पोल खोलिदिएको एक व्यापारीलाई उनले पक्राउ गरी कुटेका थिए । जुन घटनामा उनलाई त्यहाँबाट हटाई क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा थन्क्याइएको छ । उनीविरुद्ध यातना मुद्दासमेतअदालतमा चलेको छ ।

गुनबहादुरसम्बन्धी घटनालाई भने आईजीपी अर्यालले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको स्रोत बताउँछ । व्यक्तिगत रिसइवीमा मानब बेचबिखन जस्तो मुद्दा नक्कली जाहेरीमा आधारमा दर्ता गरी फसाउनु गम्भीर पदीय दुरुपयोग भएको भन्दै उक्त प्रकरणमा दर्जनौं प्रहरीलाई अर्यालले छानबिनमा तानिएका छन् । उजुरी दिने थापा भने बैंकिङ कसुर मुद्दामा जेलमा छन् ।
दृष्टि साप्ताहिक

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्