मिरा राईको उपचारका लागि पाँच लाख सहयोग


 


Mira-Raiकाठमाडौँ, भदौ २१

विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले राईलाई याे सहयाेग रकम दिन लागेकाे हाे । स्राेतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले सहयाेगकाे औपचारिक निर्णय गर्न लागेकाे हाे ।

राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमी मोन्ट ब्लक म्याराथुनमा विश्व च्याम्पियन बनेकी थिइन ।

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्