निजामती दिवसमा काे-काे कर्मचारी पुरस्कृत हुँदैछन् (सूचिसहित)


 


Shantaraj subediकाठमाडाैं, भदाै २१

अर्थसचिव शान्तराज सुवेदीले यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । १३ औं निजामती सेवा दिवसका दिन उनलाई सरकारले सम्मान गर्नेछ । सर्वोत्कृष्ट कर्मचारीले २ लाख रुपैयाँ पाउँछन् ।

पुरस्कार छनोट समितिले सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव उनी एक साताअघिमात्रै अर्थ मन्त्रालय सरुवा भएका थिए । यसैगरी १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती सेवा पुरस्कार पाएका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार

१. महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता किरण पौडेल

२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिव देवेन्द्र कार्की

३. लोकसेवा आयोगका मुख्इ मनोविज्ञान बेत्ता सहसचिव खगेन्द्रप्रसाद सुवेदी

४. महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक प्रदीपराज कँडेल

५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उपसचिव हुमबहादुर केसी

६. महालेखा परीक्षकको कार्यालयका निर्देशक माधवप्रसाद लामिछाने

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव हरिबाबु पोखरेल

८.प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गोकुल बस्नेत

९. खानेपानी तथा सरसफाई कार्यालय बझाङका इञ्जिनियर कृष्णबहादुर बोगटी

निजामती सेवा पुरस्कार

१. भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका उपसचिव बिसुकुमार केसी

२. जिल्ला वन कार्यालयका वन अधिकृत गणेश राय

३. विद्युत विकास विभागका सीडीई अरुणकुमार झा

४. भन्सार विभागका निर्देशक अच्युतप्रसाद सिवाकोटी

५. पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत दामोदर गौतम

६. सिँचाइ विकास डिभिजन धादिङका सीडीई राजेन्द्र महतो

७ं. जिल्ला शिक्षा कार्यालय गोरखाका उपसचिव दीपेन्द्र सुवेदी

८. सामान्य प्रशासन मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङ

९. जल तथा मौसम विज्ञान विभागका सीडीई मेटियोरोजोजिष्ट विजु प्रधान

१०. उपराष्ट्रपति कार्यालयका उपसचिव नारायणबहादुर कुँवर

११. सर्वोच्च अदालतका उपरजिष्टार इन्दिरा शर्मा

१२. संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका शाखा अधिकृत डालविक्रम कँडेल

१३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मेकानिकल इन्जिनियर दिपकप्रसाद देवकोटा

१४. भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय शाखा अधिकृत राजेश उप्रेती

१५. सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर खड्गयबहादुर चौधरी

१६. कृषि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ यादव पद्दोयोति

१७. राष्ट्रपतिको कार्यालय भौगोलिक क्षेत्रका शाखा अधिकृत दशरथ राई

१८. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत टेकराज भुसाल

१९. यूएको लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका शाखा अधिकृत शत्रुध्वन प्रसाद शर्मा पोखरेल

२०. महिला तथा वालवालिका विभाग शाखा अधिकृत निरा अधिकारी

२१. जिल्ला अदाल, सप्तरीका नायब सुब्बा महेन्द्रप्रसाद यादव

२२. जिल्ला अस्पताल, इलामका नायब सुब्बा रिता अधिकारी

२३. जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका खरिदार छत्रबहादुर मादेन

२४. जिल्ला विकास समितिको कार्यालय, गोरखाका खरिदार ध्रुवराज पराजुली

२५. महिला तथा वालबालिका कार्यालय, अर्घाखाँचीका सहायक महिला विकास निरीक्षक पुष्पा भुसाल

२६. घरेलु तथा साना उधोग कार्यालय, चितवनका खरिदार कृष्णकुमारी श्रेष्ठ

२७. गोश्वारा हुलाक कार्यालय, सुन्धाराका हल्कारा दिवाकर खनाल

२८. भूमि सुधार तथा व्यवस्था मन्त्रालयका हलुका सवारी चालक भवानीप्रसाद उपाध्याय

२९. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कार्यालय सहयोगीका अम्विका गुरुङ

३०. क्षेत्रिय निर्वाचन कार्यालय, मोरङ कार्यालय सहयोगी शंकर साह

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्