भ्रमण वर्ष २०२० सुरु, उपत्यकामा नै छैन पर्याप्त तयारी


 


काठमाडौँ, पुस १६
भ्रमण वर्ष २०२० सुरु भए पनि काठमाडौंकै पर्यटक स्थलहरू पर्यटकमैत्री बन्न सकेका छैनन् । काठमाडौंका प्रमुख पर्यटकीय स्थललाई २४ सै घन्टा खुला बनाउने घोषणा भए पनि सुरक्षा र पूर्वाधार नहुँदा कार्यान्वयन भएको छैन ।

गृहमन्त्री रामबहादुर थापा बादलले १९ चैत ०७५ मा सार्वजनिक गरेको ८२ बुँदे ‘गृह सुधार कार्ययोजना ०७५’ को बुँदा नम्बर ७७ मा भनिएको छ, ‘सरोकारवालाहरूसँगको सहकार्यमा पर्यटकको आगमन बढी हुने क्षेत्रमा २४सै घन्टा बजार खुला राख्न सुरक्षा व्यवस्था मिलाइने ।’ कार्ययोजनामा यसको समयसीमा असार मसान्त ०७५ राखिएको छ । समयसीमा काटेको डेढ वर्ष नाघिसकेको छ, तर गृहको यो योजना कार्यान्वयन हुन सकेको छैन ।

बुधबारदेखि भ्रमण वर्षको सुरुवात हुँदै छ । भ्रमण वर्षमा समेत काठमाडौंका ठमेललगायत पर्यटकीय स्थल खुला रहने प्रशासनले समयसीमा लागू गरेको छ । भ्रमण वर्षमा समेत पर्यटकीय केन्द्रलाई २४सै घन्टा खुलाउन सरकारले पहल नगर्दा व्यवसायीहरू निराश भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्