म विरुद्ध झुटो आरोप लगाइयो : सासंद शाह


 


काठमाडौं, पुस १९
कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको थियो । सासंद अभिषेक प्रतापले भने आफूविरुद्ध झुटो आरोप लगाएर राजनीतिक आडमा फसाउन खोजिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन्।

आफ्ना ड्राइभर शशीकान्त कश्यप र स्थानीय युवा श्याम मिश्राबीचको झडपमा उनले दुवैलाई छुट्याएको बताएका छन्। आफू गत डिसेम्बर ९ देखि घरमै आराम गरेर बसेको विज्ञप्तीमा उल्लेख गरेका छन्। मुद्दा दर्ता भए त्यसको प्रतिवाद गर्न जिल्ला अदालतमा हाजिर हुने समेत उनले बताएका छन्।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्