आज कुन देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं, पुस २१
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्