अर्को ग्रह पत्ता लाग्यो, बसोबासका लागि उपयोग हुनसक्ने




काठमाडौं, पुस २४
पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाले सो नयाँ पत्ता लगाएको हो ।

नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको होनोलुलुमा आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकमा जानकारी गराइएको हो । सो ग्रहलाई तीनवटा ताराले परिक्रमा गरी रहेको र त्यसमा तरल अवस्थामा नै पानी सतहमा रहेको अनुमान गरिएको छ ।

पृथ्वीकै आकारको टीओआई ७०० नाम दिइएको सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेको जनाइएको छ ।
साथै उक्त ग्रहमा अक्सिजन भए नभएको बारे भने अध्ययन हुन बाँकी रहेको छ ।

नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको र ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको भन्ने बारे थप अध्ययन आवश्यक रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News