यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, पुस २४
नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ११ पैसा र बिक्रीदर १५० रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्