आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)


 


काठमाडौँ, पुस २६
नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११४ रुपैंया ८१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्