दाहाललाई ओलीको व्यंग: ‘मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’


 


काठमाडौँ , माघ ४
नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार गरी करिब साढे ४ घण्टा दाहालसँग छलफल गरेपछि ओलीले ‘केही भ्रम चिरिएको’ बताएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ ६ को बैठक नसर्ने गरी सहमति हुने दाबी गरेका छन् ।

सभामुख कसलाई बनाउने भन्नेबारे भने दुई अध्यक्षबीच अझै कुरा मिलिनसकेको स्रोतको भनाइ छ । ‘पात्रबारे अडान यथावत् छ,’ स्रोतले भन्यो, ‘अरू कुरा मिलेर पात्रका विषयमा मात्रै छलफल हुन्थ्यो भने दुई अढाई घण्टासम्म बसेर सघन छलफल गर्नै पर्दैनथ्यो ।’प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अध्यक्षद्वयबीच पछिल्लो समयमा भएको छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए ।

‘यसअघि पनि छलफलबाटै धेरै विषयको टुंगो लगाएझैं अध्यक्षद्वयले छलफल गरेरै सहमति गर्नुहुन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘पछिल्ला दुई दिनको छलफलले छिट्टै निकास निकाल्नेमा उहाँहरू प्रतिबद्ध देखिएको संकेत गर्छ ।’ उनले दुई अध्यक्षबीच दरार सिर्जना गरेर स्वार्थसिद्ध गर्ने उद्देश्यले विभिन्न पक्षहरू खेले पनि त्यो सफल नहुने दाबी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्