फोटो कथा

कुहिरोले छोपिएको शिवपुरी

नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–६ अर्खौलेबाट विजया दशमी दिन बिहीबार देखिएको नुवाकोटको विभिन्न स्थानका भुभागमा ढाकेर रहेको कुहिरो ।  तस्बिरः हरिराम भेटुवाल/रासस 

मुस्ताङको सौन्दर्य

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ-डोल्पा सडकबाट देखिएको मनमोहक दृश्य। तस्बिर: सुन्दरकुमार थकाली/रासस

पिर्के पिङमा रमाउँदै स्थानीय

लमजुङकाे मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। 

गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रु

दसैँको फूलपातीका दिन सोमबार काठमाडौँबाट गृह जिल्ला फर्कन गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चढ्न आएका यात्रु र आफ्नो गन्तव्य जाने क्रममा रहेको सवारीसाधन ।

उपराष्ट्रपति सुआनसँग चेम्बरका पदाधिकारीको भेटवार्ता

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग होटल सोल्टीमा शनिबार भेटघाट गर्नुहुँदै नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूत तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलगायत चेम्बरका पदाधिकारीहरु। तस्बिर

गोकर्णेश्वर मन्दिर -कुशे अ‍ौँसी

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णेश्वर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

इँटा उद्योगका मजदुर

दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित जय श्री हनुमान फिक्स चिम्नी इँटा उद्योगमा काम गर्दै गरेका मजदुर। यहाँ १५० बढी मजदुरले रोजगार पाइरहेका छन् । तस्बिरःदीपक बोहरा / रासस

पञ्चदान पर्वमा बाजा बजाउँदै स्थानीय

भाद्र कृष्ण त्रयोदशीको अवसरमा भक्तपुरको सूर्यमढीमा पञ्चदान पर्वमा नौ बाजा बजाउँदै स्थानीय । तस्बिरः लक्ष्मी गारु/रासस

बालबालिकालाई स्वर्ण बिन्दु खवाइँदै

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगर चितवनमा बिहीबार बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइँदै । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथ उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ विगत २१

तमू भाषाको पत्रिका ‘तमू कए’ विमोचन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत आज नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित तमू भाषाको पत्रिका ‘तमू कए’ विमोचन गर्नुहुँदै । तस्बिरः मधु शाही/रासस