
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा मनाइने नाङ्खा (गाउँ) पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । निसेलढोर गाउँमा अनिष्ट नहोस् भनि हरेक

१८६औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफएपिजे)ले मङ्गलबार हनुमानढोका दरबार परिसरमा आयोजना गरेको फोटो प्रदर्शनीमा एनएफएपिजेका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार प्रदीपराज वन्तद्वारा

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२, सुर्केबाट खुम्जुङतर्फ खच्चडमार्फत् सामग्री ढुवानी गरिँदै । खुम्बु क्षेत्रमा सडकको पहुँच नभएको कारण खच्चडमार्फत् सगरमाथा आधार शिविरसम्म खाद्यान्नलगायत अत्यावश्यक सामान ढुवानी गरिन्छ । तस्बिरः गार्डेन राई/रासस

१९अौँ राष्ट्रिय सूचना दिवसको अवसरमा काठमाडौँको माइतीघर मण्डलामा सूचनाको हकको लागि राष्ट्रिय महासङ्घको संयोजन तथा विभिन्न नागरिक संस्थाहरुको सहभागितामा मङ्गलबार आयोजित ‘सूचनाको हक संरक्षणका लागि सडकसभा’मा सहभागीहरु । तस्बिर: हरिराम

संयुक्त अरब ईमिरेट (युएई) को वर दुबईमा भएको हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाईजेशन) को पाचौँ अधिवेशन कार्यक्रममा दुबईका कलाकारले प्रस्तुत गरेको लाखे नृत्य। तस्बिरः रत्न श्रेष्ठ/रासस

सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुङ्गा कुदेर सिलौटा बनाउँदै कालीगढ । उपभोक्ता भन्छन् -आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन् । तस्बिर: राधिका बुढाथोकी/रासस

जनकपुरधाममा पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि विरोध तथा नाराबाजी गर्दै पत्रकारहरु। तस्बिरः निरञ्जनकुमार साह/रासस

इलामको माई नगरपालिकास्थित चिलिम्कोट चिया बगानमा हरियो चियापत्ती टिप्दै मजदुरहरु । तस्बिर : रामकुमार लिम्बू/रासस

श्रीकृष्ण जन्माअष्टमीको अवसरमा शनिबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरकाे दर्शनपश्चात सामूहिक तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत । तस्बिर : किरणराज विष्ट / रासस

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौराकी स्थानीय थारु युवती शनिबार बैठक कोठाको भित्तामा अष्टिम्की चित्र बनाउँदै । थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन व्रत बसेर साँझ भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पूजापाठ गरेर मनाउने