
ललितपुरको पाटनमा शुक्रबार भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कथकली नृत्य गर्दै भारतीय कलाकार । तस्बिरः गोपाल दाहाल/रासस

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमस्थित स्थानीय तेज गुरुङ (ताङ्वे)को बगैँचामा लटरम्म फलेको स्याउ । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँ स्याउ छिटो फल्न थालेको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मनहरपुर–बघचौरा–हंसपुर–खरीयानी–सिमरारी’ सडकको शिलान्यास गर्नुहुँदै । तस्बिर/रासस

भक्तपुरको मध्यपुर थिमि लायकू दरबारमा बिहीबार बिहान ऐतिहासिक लायकू भैल नाच प्रदर्शन गरिँदै । बुधबार रातिबाट लायकू, दथुटोल, मरूटोल, बालकुमारी, ईनायलाछि, दिगुटोल, चपाचोलगायतका क्षेत्रमा रातभरी नाच प्रदर्शनपछि आज बिहान लायकूमा

मुस्ताङको घरपझोङ-४ जोमसोममा खेतमा रोपेको ‘राई घाँस’ पशुचौपायालाई खुवाउन बोकेर घर फर्किँदै किसान । तस्बिर : सुन्दरकुमार थकाली/ रासस

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव धाम, धारपानी परिसरमा करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय शिव सरोवर। तस्बिर : कुलदीप न्यौपाने/रासस

बागलुङको ढोरपाटन उपत्यकामा भेडाको किनबेच गर्दै उपभोक्ता र किसान । लेकाली क्षेत्रको बुकीमा पोषिलो घाँस खाएका भेडा मासुका साथै पूजाआजामा बली दिन प्रयोग गरिन्छ । तस्बिरः सन्तोष गौतम/रासस

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा स्थानीय नेवार समुदायले बुधबार निकालेको लाखे नाच । लाखे नाच नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा सुरु भई कृष्ण जन्माष्टमीका दिन समापन हुने गर्दछ ।तस्बिर :

जुम्लाको तातोपानी गाउँपालिका–३ लाछु जिउलोस्थित तिला नदी आसपासको फाँटमा गरिएको मार्सीधानको खेती । तस्बिर : विजय रावत/रासस

मध्यनेपाल नगरपालिका वडा नं १० थान्सिङ्गमा घामले अत्यधिक गर्मी भएपछि छत्री ओढेर कोदो रोप्दै किसान । तस्बिरः देवेन्द्र गुरुङ/रासस