फोटो कथा

केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको सोमबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा लोकार्पण गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

सतोरेरियो कराते खेलमा प्रतिस्पर्धा गर्दै छात्रा

शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयको खेल मैदानमा १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा सितोरेरियो कराते खेलामा प्रतिस्पर्धा गर्दै छात्राहरु । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

रारा क्षेत्रमा हिमपात

नेपालको प्रमुख पर्यटकीय क्षेत्र रारा तालको प्रवेशद्वार र छायाँनाथ रारा नगरपालिका–८ स्थित सल्लेरीमा शुक्रबार परेको हिमपात । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

पहाडकी रानी ‘बन्दीपुर’

पहाडकी रानी नामले प्रसिद्ध तनहुँको पर्यटकीय नगरी ‘बन्दीपुर’ । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, संस्कृति र रहनसहनबीचको विविधताका कारण पर्यटकमाझ चर्चित छ । तस्बिरः सागर गिरी/रासस

चाँगुनारायण–नगरकोट पदयात्रामा–२०८१ को उद्घाटन

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको चाँगुनारायण–नगरकोट पदयात्रामा–२०८१ को उद्घाटन गर्नुहुँदै नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत । तस्बिरः रमेश गिरी/रासस

बाँसबाट बनेका सामग्रीको स्टल

दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनमा बाँसबाट बनेका सामग्रीहरुको स्टल । तस्बिरः केदार मगर/रासस

राष्ट्रपति पौडेलद्वारा सलामी ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज आयोजना गरेको विशेष समारोहमा नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

भगवान् शिवको रूप धारणा गरेर नृत्य प्रस्तुत

महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा आज महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –१ मा निकालिएको कलश शोभा यात्रामा भगवान् शिवको रूप धारणा गरेर नृत्य प्रस्तुत गरिँदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

ओलाङचुङगोला बस्ती

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङगोला बस्ती । यो बस्तीबाट २४ किलोमिटर दूरीमा नेपाल-चीन व्यापारिक नाका टिप्ताला पुग्न सकिन्छ। तस्बिर: दिलकुमार लिम्बू/रासस

असिना र हावाहुरीले मकैबालीमा क्षति

आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका मकैका बोट । असिना तथा हावाहुरीका किसान मारमा परेका छन् । तस्बिर : नवीन गड्तौला