
प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका रुपमा चिनिन्छ । प्रणय दिवसको अवसरमा रानीमहलमा प्रेमजोडीहरु पुग्ने गर्छन् । तस्बिर:सुशीला रेग्मी/रासस

अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो

रौतहटको चन्द्रपुर–२ हिलेखोला वन क्षेत्रमा आज बिहान ‘एमगज’ नामक बिरामी हात्तीको उपचार गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको चिकित्सक टोली । तस्बिरः रमेश तिमलसिना/रासस

रुकुम पूर्वको भुमे गाउँपालिका–६ महतमा भण्डारण गरिएको मकै । नकुहियोस्, घुन, पुतली र कीरा नलागोस् भनी यहाँका स्थानीयवासीले मकै यसरी नै थन्क्याएर राख्ने गर्छन् । तस्बिरः सर्जना कार्की/रासस

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा बुधबारदेखि सञ्चालन भएको ‘सुन्दरहरैँचा विराट एक्स्पो’ २०८१ मा सजाइएका फूलका नर्सरी। तस्बिरः मणिराम दाहाल/रासस

काठमाडौँ, ३० माघ । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित

चितवनको पर्यटकीय नगरी सौराहामा मङ्गबारदेखि सुरु भएको खाना महोत्सवको उद्घाटन समारोह अघि निकालिएको शोभायात्रामा आफ्नो सांस्कृतिक पहिरनमा सहभागी थारु समुदायका महिला । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट

सुनसरीको इनरुवा नगरपालिका-१ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्युन हुँदै गएको छ । तस्बिर :नवीन गड्तौला / रासस

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सुगुरथला देखि धौलागिरि हिमालको आधार शिविर जाने क्रममा राहुघाट खोला तर्दै पदयात्रीहरु । धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा पर्ने यस क्षेत्रमा आवत जावतका लागि झोलुङ्गे पुलको

बागलुङ नगरपालिका–९ तित्याङ स्थित तित्याङ माध्यामिक विद्यालयको छतमा आफुले लगाएका तरकारी स्याहार्दै विद्यार्थी । यहाँका विद्यार्थीले कौशीमा उत्पादन गरेको आलु, काउली र साग विद्यालयको दिवा खाजामा प्रयोग हुँदै आएको छ