फोटो कथा

पिरफिरे मेलामा भक्तजन

दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित धार्मिक एवं ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा सोमबार लागेको पिरफिरे मेलामा आएका भक्तजन । परापूर्वकालदेखि हरेक वर्ष विजया एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेरिने भएकाले पिरफिरे

सेताम्मे चाङफुइ हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु

सुकेका पात बोकेर ल्याइँदै

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटका महिला वैजनाथ सामुदायिक वन क्षेत्रबाट सुकेका पात जालमा बोकेर ल्याउँदै । वन क्षेत्रबाट सुकेकापातहरु सङ्कलन गरी घरमा ल्याएर परम्परागत विधि प्रयोग गरी प्राङ्गागरिक मल बनाई खेतबारीमा हाल्ने

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रम ओली

प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बिहीबार पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहका सहभागीलाई अभिवादन गर्नुहुँदै । तस्बिरः राधिका कंडेल/रासस

देउडा खेल्दै

जुम्लाको हिमा गाउँपालिका– ५ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा स्थानीय वेशभूषामा सजिएर लोक देउडा खेल्दै यहाँका महिला । तस्बिर: विजय रावत / रासस

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुर बर्न अस्पतालमा पुगी हिजो पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा दुर्घटना भई उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज

भलिबल प्रतिस्पर्धा गर्दै छात्र खेलाडी

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबार व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा छात्रतर्फ भलिबलमा प्रतिस्पर्धा गर्दै बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाका विद्यार्थी । रनिङशिल्ड प्रतियोगिता

करॉतेमा प्रतिस्पर्धा

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा व्यास नगरपालिका–३, खुल्ला मैदानमा शनिबार सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत करॉतेमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः कृष्ण न्यौपाने/रासस

भेडाको बथान

सुनसरीको हरिनगर गाउँपालिकाका किसान खिलानन्द पाल भेडाको बथान चराउन लैजाँदै । सय वटा भेडा पालेका पाल हिजोआज चरन क्षेत्रको अभाव हुँदा भेडा पाल्न समस्या भएको बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस

विद्यार्थीद्वारा वृद्धाश्रमलाई सहयोग

दाङको घोराही उपमहानगरपालिका-१६ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा तेरौटेमा सञ्चालित वृद्धाश्रममा खाजा खर्च कटाएर जम्मा गरेको पैसाले शुक्रबार खाद्यान्न हस्तान्त्रण गर्दै श्री माध्यमिक विद्यालय रझेनाका कक्षा ८ मा अध्ययनरत विद्यार्थी