
मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा चरन क्षेत्रबाट बासस्थानतर्फ आउदै गरेका च्याङ्ग्राको बथान । हिमाली जिल्ला मुस्ताङको चार स्थानीय तहमा स्थानीय पशुपालकले च्याङ्ग्रा पालन व्यवसाय गरेका छन् । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण

काठमाडौँ असनमा मङ्गलबार होलीका लागि बिक्रीमा राखिएका सामाग्री किनमेल गर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल / रासस

डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बीचमा जगदुल्ला खोलामाथि रहेको झोलुङ्गे पुल तर्दै खच्चडहरु । स्थानीय यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवातजावत गर्ने गर्दछन् । तस्बिरः हेमन्त केसी/रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको भण्डारी थरका क्षेत्रीहरुको बाहुल्य बसोबास भएको फलीयागाउँ । यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ । तस्बिरः कुलदीप

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह नजिक बनाइएको पहुँच सुरुङ । तस्बिरः कृष्ण न्यौपाने/रासस

मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले निकालेको पदयात्रामा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, नगरप्रमुख मोहनमाया ढकाल भण्डारी। तस्बिरः सुरेश आचार्य/रासस

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने लुलाङ गाउँका ढुङ्गे घर र वरपरको पाखामा गरिएको गहुँ खेती । लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित समुदायको बसोबास भएको गाउँ हो । तस्बिरः सन्तोष गौतम/रासस