फोटो कथा

कोरला नाका

मुस्ताङ जिल्लाको कोरला नाकामा चीनको स्वशासित क्षेत्र तिब्बतबाट बिक्रीका लागि ल्याइएका सामान र पृष्ठभूमिमा हिमाल । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् । कोरला नाकामा

सेताम्मे बस्ती

बारेकोट गाउँपालिका–४ तम्तुस्थित हिउँले ढाकिएको बस्ती । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने मुख्य बाटो समेत यही रहेको छ । तस्बिर: हेमन्त केसी / रासस

उपभोक्ताको प्रतिक्षामा फलफूल व्यापारी

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री गर्न राखिएको फलफूल । तस्बिरः हरिराम भेटुवाल/रासस

कला प्रदर्शनी अवलोकनः वरिष्ठ कलाकार शाह

नेपाल कला परिषद् बबरमहलमा कलाकार कृति शाहको दोस्रो एकल कला प्रदर्शनीको बिहीबार अवलोकन गर्नुहुँदै वरिष्ठ कलाकार शशिविक्रम शाह । यहाँ ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी जारी छ ।

बिराट गोल्ड कप फुटबल प्रतियोगिता

बिराट गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विराटनगरको सहिद रङ्गशालामा भएको रात्रिकालीन खेलमा रिजालको मोरङ र त्रिभुवन आर्मी क्लव (हरियो जर्सी) बिच पहिलो क्वाटर फाइनल प्रतिस्पर्धा हुँदै । तस्बिर :

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि

महोत्तरी जिल्लाको गौशला नगरपालिका–१, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिमा कागज मिलाउँदै स्थानीय श्रमिकहरू । दुई अर्बभन्दा बढी लगानी रहेको यस उद्योगले ३०० जनाभन्दा बढीलाई रोजगारी दिएको

ढकमक्क लालीगुराँस

सुर्खेत र दैलेखको सिमानामा रहेको गुराँस गाउँपालिका-६ भ्यू चुलामा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर: सुरेश आचार्य / रासस

ड्रागनखेती

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्याववसायिक ड्रागन खेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व संकलन गर्दै आएको छ । तस्बिर : तोलाकान्त बगाले/ रासस

एचपिभी खोप लगाइएपछि सामूहिक तस्बिरमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा आइतबारदेखि पाठेघरमा हुने क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा (एचपिभी) खोप लगाउन सुरु । अभियानका क्रममा कागबेनीस्थित जनशान्ति स्कुलमा कक्षा ६ देखि १० कक्षासम्म पढ्ने किशोरीहरुलाई एचपिभी खोप लगाइएपछि स्थानीय

फेवातालमा माछापुच्छ्रे

पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भूत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन्