त्रान्त्रिकको नाममा अपहरण गर्ने थापा पक्राउ


 


काठमाडौं, भदाै २४

अपहरण तथा शरीर बन्धक तथा क्युरियो सामानको संग्रह मुद्दाका फरार तनहुँ ब्यास नगरपालिका– ६ रुम्सीगाउँका ३७ वर्षीय भोजबहादुर थापालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले लेकसाइड पोखराबाटे पक्राउ गरेको छ । तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ बर्षीय कन्याको बलि दिने योजनासहित एक युवतीलाई सानोभ¥याङ्ग काठमाडौंबाट अपहरण गरी नागार्जुन काठमाडौंस्थित घरमा बन्धक बनाउने कार्यमा संलग्न थापालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा उनलाई पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

थापा तान्त्रिक भनीएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुनमगर, उदीमबहादुर पुन र भिमबहादुर भुजेलसमेतले ती युवतीलाई झुक्याई अपहरण गरी २०७२ साउन १४ देखि ३२ गतेसम्म घरमा बन्धक बनाएकोमा युवती भाग्न सफल भएको अनुसन्धानबाट खुल्न आएको थियो । उक्त स्थलबाट पुरातात्विक वस्तुहरु समेत बरामद भएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्