तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी


 


mahantha-thakurकाठमाडौं, २४ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको छ ।

ठाकुर प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सहभागी भएका बेला सानोठिमीस्थित ठाकुरको घरमा पसेर तीन जनाको समूहले चोरीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

घरमा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन् । चोरहरुले उनका आँखामा खोर्सनीको धुलो हालेर ब्रिफकेस चोरी गरेको बताईएको छ ।

चोरहरुको आक्रमणबाट घाइते मिनाक्षीको बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्