नेता नेपाल र भारतीय राजदुत रेबीच भेटवार्ता


 


nepal-rayकाठमाडौं,भदौ २५ नेकपा (एमाले) का वरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जीत रेबीच भेटवार्ता भएको छ ।
नेता नेपालको निजी निवास कोटेश्वरमा शुक्रबार भएको भेटमा भारतीय राजदुत रेले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउनपर्ने कुरा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गर्न लागेको भारत भ्रमणले दुई देशको सम्बन्ध थप बलियो बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।
रेले भारत जहिलेपनि नेपालको प्रगति र नेपाली जनताको पक्षमा रहेकोले एमालेसँगको सम्बन्ध पनि सुमधुर बनाउन चाहेको बताए ।
नेता नेपालले पनि नेपाल भारत सम्बन्ध आपसमा लाभ र सम्मानको आधारमा थप बलियो बनाउनुपर्ने बताएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्