साइबर क्राइम अन्तर्गत मुद्या दर्ता गर्दै अखिल अध्यक्ष नविना लामा


 


nabina-lama

काठमाडौं,भदौ २५ एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाले साइबर क्राइम अन्तर्गत मुद्या दर्ता गर्ने भएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफुमाथि दुव्र्यवहार भएको भनेर नविनाले मुद्या दर्ता गर्ने भएकी हुन् ।

गत हप्ता फोटोपत्रकार क्लबले आयोजना गरेको फोटो प्रदर्शनी हेर्न जादाँ आयोजकले सम्मान स्वरुप खादा ओढाएको थियो ।
खादा ओढाएको उक्त फोटो उनले फेसबुकमा पोष्ट गरेपछि उनलाई तामाङ र बुद्ध संस्कृतिको विरोधी भएको भन्दै अपशब्द प्रयोग गरि गाली गरेको र गृह जिल्ला प्रवेशमा समेत रोक लगाउने अभियान नै चलाएको छ ।

आफुले खादा ओढ्दैमा आफ्नो संस्कृतिको अपमान गरेको भन्नु गलत हो । यहि आरोपमा आफुलाई जथाभावी शब्द प्रयोग गर्न आफ्नो चरित्र हत्त्या गर्ने प्रयास हो र यस विरुद्ध मुद्या दर्ता गर्ने बताएकी छिन् ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्