जनताको पक्षमा काम गर्न सभापति देउवाको निर्देशन


 


sher bahadur deuba

काठमाडौँ,  भदौ २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ ।

सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीलाई बोलाएर सबैसँग समन्वय गरेर विवादरहीत, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिनुभएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्