अख्तियारद्वारा आरोपपत्र दायर


 


akhtiyaar

काठमाडौँ,  भदौ २६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा अधिकृत पदमबहादुर जिसी र लेखापाल मनिराम बर्माले आव २०७०-७१ मा अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाइलगायत विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिम कसुर गरेको पुष्टी हुन आएकाले उक्त कार्यमा संलग्न चारै जना उपर कसुरको मात्रा अनुसार जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्