बुद्ध एकेडेमीका अध्यक्षविरुद्व आरोपपत्र दायर



akhtiyaar

काठमाडौँ, भदौ २७  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिविरुद्व आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

मुद्वा दर्ता गरिएकामा बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, जोरपाटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम वाङछेन शेर्पा, अखिल नेपाल हिमाली बौद्ध सङ्घका अध्यक्ष सोनाम छिरिङ शेर्पा र अखिल नेपाल हिमाली बौद्ध सङ्घका महासचिव नरबहादुर वुढाथोकी रहेका छन् ।

विद्यालयमा विभिन्न दाताहरुले दिएको रकम हिनामिना गरी विद्यालयनै बन्द भएपछि विद्यालयमा भएको भ्रष्टाचारको अनुसन्धान गरी आवश्यक कारबाही गरिदिन आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोपित व्यक्तिहरुले अनुसन्धान अधिकृतलाई अनुसन्धान अघि नबढाउन रु १० लाख घुस दिँदै गर्दा पक्राउ परेका उनीहरुलाई आज मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

आयोगले अभियुक्तविरुद्ध बिगो रु १० लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन र रिसवत बापतको रकम रु १० लाखसमेत जफत हुन माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

यसैगरी, आयोगले आजै सुरु पदमा नियुक्ति लिँदा झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका प्रहरी नायब निरीक्षक कुन्दन पौडेलविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

पौडेलले विसं २०५८ सालमा प्रहरी सहायक निरक्षिक पदमा सुरु नियुक्ति लिँदा माध्यमिक शिक्षा परिषद, भारतबाट सन् १९९३ मा हाइस्कुल परीक्षा पास गरेको र सन् १९९६ मा माध्यमिक शिक्षा परिषद, भारतबाट इन्टरमिडियट परीक्षा पास गरेको प्रमाणपत्र नक्कली भेटिएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News