राहदानी हराउँदा अब प्रहरी कहाँ जानु नपर्ने


 


passport

काठमाडौं,भदौ २७ राहदानी हराउँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई राहदानी विभागले खारेज गरेको छ ।
साथै पत्रिकामा राहदानी हरायो भनेर सुचना गर्नैपर्ने बाध्यतालाई पनि खारेज गरेको छ ।
यो भन्दा पहिले राहदानी हराएपछि हराएको क्षेत्र सहित ‘क’ वर्गको राष्ट्रिय दैनिकमा सुचना निकाल्नु पथ्र्यो । सो को अर्धकट्टी लिएर राहदानी हराउने व्यक्ति प्रहरीकहाँ गई उजुरी गर्नुपर्ने र प्रहरीले दिएको रिपार्टको आधारमा सोही व्यक्तिले राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झट थियो ।
उक्त झन्झट हटाउनको लागि नै नेपाल प्रहरी सँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
अब पासपोर्ट हराए सिधै राहदानी विभाग गएर निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्