दाँवाली मिलन क्लबमा राेशन


 


roshanshresthaकाठमाडाैं, भदाै २८

दाँवाली मिलन क्लबकाे एघाराैं बार्षिक साधारण सभाबाट राेशन श्रेष्ठकाे नेतृत्वमा १६ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन भएकाे छ । क्लबकाे संस्थापक महासचिव रहेका श्रेष्ठ निरन्तर समाजसेवामा क्रियाशिल रहेका छन् ।

क्लबका संस्थापक अध्यक्ष विरेन्द्र प्रकाश श्रेष्ठ पछि राेशन क्लबका लागि दाेस्राे अध्यक्ष हुन् । क्लबकाे उपाध्यक्षमा नवराज पाण्डे चयन भएका छन् ।

त्यस्तै महासचिव सुरेन्द्र श्रेष्ठ, सचिव डिल्लिश्वर प्रधान र काेषाध्यक्षमा निरजबाबु श्रेष्ठ रहेका छन् । सदस्यहरूमा पम्फा देवी शर्मा, डा. शम्भु प्रसाद कट्टेल, सुरेश अाचार्य, प्रेम प्रसाद भट्टरार्इ, बलराम बञ्जरा, डा. लाेचन कार्की, शंकेत काेइराला, प्रेरिता श्रेष्ठ, उत्तम खड्का, पदम प्रसाद श्रेष्ठ, र दिपेन्द्र रार्इ रहेका छन् । क्लबकाे अमेरिका, क्यानाडा, जापान, बेलायत लगायत देशमा समेत संयाेजक रहेका छन् ।

१२ बर्ष अगाडी अापसी मित्रता, सद्भभाव, सहयाेग एंव मिलन भन्ने उदेश्य सहित २०६१ साल चैत्र २५ मा काठमाडाैंमा दर्ता भएकाे क्लबले सामाजिक गतिविधि गर्दे अाएकाे छ । क्लबले भाेजपुरकाे विकासमा विशेष चासाे दिदै अाएकाे छ भने देशका विभिन्न भुभागमा स्वास्थ्य शिविर, दैवि प्रकाेपमा सहयाेग जस्ता अभियान सञ्चालन गर्दे अाएकाे छ ।

समसामयिक विषयमा छलफल, गाेष्ठि क्लबले गर्दे अाएकाे छ । भाेजपुरकाे सिद्देश्वर र गुप्तेश्वर गाविसमा दावाँ भन्ने गाउँ छ । त्यही गाउँकाे नाममा क्लब स्थापना भएकाे हाे, यद्यपी क्लबले देशभरका ठाउँमा अाफ्नाे सामाजिक क्रियाकलाप अगाडी बढाउँदै अाएकाे छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्