नेता नेपालको घरमै पुगे नवनियुक्त भारतीय राजदूत, यस्तो छ खास कारण


 



काठमाडौं, फागुन २३
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसङ्गल भेटवार्ता गरेका छन् ।

क्वोत्राले नेता नेपाल निवास कोटेश्वरमै पुगेर भेटघाट गरेका हुन् । त्यसअवसरमा दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिए ।

सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा कुराकानी भएको थियो ।

राजदूत क्वात्राले नेता नेपालको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरेको नेता रिजालले बताए

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्