स्पेनका प्रधानमन्त्री पत्‍नी गोमेजलाई कोरोना भाइरसको संक्रमण


 


एजेन्सी, चैत २
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको पत्‍नी बेगोना गोमेजलाई कोरोना भाइरसका संक्रमण भएको छ। कोरोना भाइरसको परीक्षण गर्दा गोमेजमा संक्रमण देखिएको स्पेनको प्रधानमन्त्री कार्यालयलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

कोरोना भाइरसको संक्रमण भए पनि गोमेज र सान्चेज दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ। सान्चेज मन्त्रिपरिषदका दुई सदस्यलाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्पेनका इक्वीलिटी मिनिस्टर र रिजनल अफेयर्स मिनिस्टरलाई कोरोना भाइरसको संक्रमण रहेको यसअघि बाहिर आएको थियो।

स्पनको प्रधानमन्त्री पत्‍नीलाई कोरोना भाइरसको संक्रमण देखिए पनि प्रधानमन्त्रीलाई भए नभएको भन्नेबारे समाचारमा केही उल्लेख गरिएको छैन। यसअघि क्यानडका प्रधानमन्त्री पत्‍नीमा पनि कोरोना भाइसको संक्रमण देखिएको थियो। क्यानडाका प्रधानमन्त्री र उनको पत्‍नी दुवै जनालाई ‘आइसोलेसन’मा राखिएको छ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्