२२० आइसीयू बेड बनाउने तयारी


 


काठमाडौं, चैत ३
सरकारले काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार गर्ने भएको छ । उपत्यकामा १ हजार आइसोलेटेड बेड पनि बनाउने भएको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पतालहरु पनि तोकेको छ । जसअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा आईसीयू बेड तयार गरिने छ ।

यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी गरिनेछ ।

बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ । जसमध्ये आयुर्वेद अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल आर्मी र प्रहरीको अस्पतालमा १०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै तेलकोटस्थित खानेपानी कार्यालयमा ६०, इचंगुनाराणस्थित सुकुम्बासी आपवासमा २८० आइसोलेटेड बेड बनाइनेछ ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्