जनकपुरमा पनि सुरु भयो कोरोनाको नमुना परीक्षण


 


जनकपुर,चैत २१

प्रदेश २ मा पनि कोरोना भाइरस संक्रमण आशंका गरिएका बिरामीको नमुना परीक्षण सुरु भएको छ।

प्रादेशिक अस्पताल जकपुरमा नमुना परीक्षण ल्याब शुक्रबार बिहान संचालनमा आएपछि नमुना परीक्षणको काम जनकपुरबाटै सुरु भएको हो।

आज ९शुक्रबार० देखि दैनिक १० जनाम्मको नमुना परीक्षण गरिने प्रादेशिक प्रयोगशाला प्रदेश २ का प्रमुख युगलकिशोर यादवले जानकारी दिए। ‘एक घण्टामा एकजनाको स्वाब परीक्षण हुन्छ। त्यस हिँसाबले दैनिक १० जनासम्मको नमुना परीक्षण गरी रिपोर्ट तयार हुन्छ,’ उनले भने।

कोभिड–१९ को नमुना परीक्षण गर्ने प्रयोगशाला प्रदेश २ मा संचालन भएको यो पहिलो पटक हो। संघीय सरकारले प्रयोगशालाको उपकरण पठाएपछि बुधबारदेखि नै जडान सुरु गरिएको थियो।

प्रादेशिक अस्पतालको ओपीडी वार्डको दोश्रो तल्लामा जडान गरिएको यो प्रयोगशाला शुक्रबार बिहानदेखि संचालनमा आएको हो।

प्रदेश २ का आठवटै जिल्लामा अहिले कोरोना संक्रमणको शंकास्पद १५ जना बिरामी आइसोलेशन वार्डमा भर्ना भएका छन्।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्